Skip to content

ताक्छन् यी मुटु भित्र नै


बाम नासिका दक्षिण , राख संतुलितै गरी ।
विलोम अनुलोमैले, स्वस्थ जीवन हुन्छ नी ।

कुनै वढी भएमा त, स्वास्थ नि हुन्छ ग्रस्त नै ।
हाम्रो नेपाल देशै छ, त्यस्तै असंतुलीत नै ।

सुसुम्ना पिंगला इडा, मेची र गण्डकी जल ।
महाकाली नशा नाडी, नेपाली प्राण यो थल ।

दक्षिणी वायु फाल्दै छ, हुरी बेरी बमण्डर ।
दिन्छ धोखा उसैले ज, सदा नै हुन्छ हण्डर ।

दक्षिणी नासिका बन्द, बाम खोलेर झुक्दछ ।
चिसो हिउँ सवै अंग, कठांग्रिएर ठाल्दछ ।

इडा र पिँगलालाई, राख समान ठाउँमै ।
घटिबढी भएमा त, ताक्छन् यी मुटु भित्र नै ।

2019-04-08 05:25:43 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *