Skip to content

जस्मा हुन् रमणीय भाव

जस्मा हुन् रमणीय भाव किन त्यो लेख्तैन यो लेखनी
अग्ला शैल हिमालको मधुरिमा देख्तैन यो लेखनी
ठानून् पाठकले पढेर यसमा “पाइन्छ सञ्जीवनी”
मात्रै वर्णनका कुरा फगतमा ओकल्छ त्यो लेखनी ।।

हामीमा अब छैन लेखन कला सामर्थ्य लेख्ने गयो
जस्तो लेख्न सक्यौं छँदैछ अहिले त्यो जे भयो जे भयो
आागामी दिनका अदम्य झरिला स्रष्टाहरू चम्कन
लागून् सिर्जनमा निरन्तर उचा आकाशलाई छुन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *