थेम्स नदी तटैमा त, दक्षिणतिर उच्च छ,
पन्ध्रमाथि छ-बीसैको, मिटर वृत्त उच्च छ ।
छन् अण्डाकार ठूलै ज, डिब्बा झुण्डी रहेको छ,
जना पच्चीस बस्ने नै, मिल्नेछाउँ भित्रैज छ ।
यस्ता डिब्बा गन्न ऐले, सकिन भन्न मै पनि ,
होला तीस बढ़ी नै, भित्रैज घुम्न मिल्छ नि ।
बालक नर नारी त, थिए आतुर पस्न नै,
छिरियो बक्स नै भित्र, भएर पंक्ति बद्धनै ।
दृश्यावलोकनै गर्दै, पूर्ण वृत्त लगाइयो,
संसद भवनै साथै, रानी निवास देखियो ।
जहाज थेम्समा चढ्दै, मनोरंजन गर्दछन् ,
पर्यटकहरू हाँस्दै , सहर बीच घुम्दछन् ।
थेम्स होइन ठूलो त, बॉधी बाँध बनाइयो,
जलयान चलाएर, आय श्रोत बढाइयो ।
