मन्द मन्द चिसो वायु, मुख चुम्बन गर्दछ ।
खैरो सिरक ओडेर, खै कता रवि लुक्दछ।
माथिबाट गरी बर्षा, हाँस्छ बादलु बेस्गरी,
हरिया फरिया लाई, धरणी अझ सुन्दरी ।
क्षणैमा रवि चम्केर, धरालाई तता उँदै,
बटुवा हिन्नु पर्ने नै, ज्याकेट हातमा लिँदै ।
बलियो वायुको शक्ति, बलियाे रूख ढाल्दछ,
हरियो फरियालाई, फर्फराएर ज्यात्दछ ,
अचूक भविष्य वाणि, बुझेर हिन्नु गर्दछ ,
प्रकृति अनुसारै नै, दैनिकी बन्नु पर्दछ ।
अगस्त १०, २०१९।
