Skip to content

प्राणभन्दा धेरै चाहन्छु


प्राणभन्दा धेरै चाहन्छु अँझै पनि तिमीलाई
ढुक्ढुकी नै हृदयको मान्छु अँझै पनि तिमीलाई

हरपल तिमी प्यार बनेर छाउँछ्यौ यी नयनभरि,
साच्नै जिन्दगी नै ठान्छु अँझै पनि तिमीलाई

संसारकै अनमोल अनि सुन्दरताले सजिएका,
उपहारहरू हररोज छान्छु अँझै पनि तिमीलाई

तिम्ले मलाई सधैंभरि घृणा तिरस्कार गरे पनि,
मुटु झिकी दिएर जान्छु अँझै पनि तिमीलाई

हरि गौतम (अर्घाखाँची)
खनदह-३
हाल-भारत

1 thought on “प्राणभन्दा धेरै चाहन्छु”

  1. भाव असल देखियाे तर अझै हुनु
    भाव असल देखियाे तर अझै हुनु पर्नेमा अँझै भएछ । भाइ सच्याउनु है ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *