Skip to content

नेपाल शीर्षमा


हरि जया र आरोही, आहनाको त प्यारमा ,
बृटेनमा रमाएर, झुल्यौँ लन्दन नेत्रमा ।

नेपालमा जया पढी, आंग्ल देश गएर नै ,
पढी विज्ञान शास्त्र नै, बनेकी ज्ञान दात्री नै।

विद्यावारिघि सम्पूर्ण, ज्ञान सिन्धु तरीकन ,
बिन्दु सित घुल्यौ आफैँ . जल सिन्धु बनीकन ।

आँफु विश्व बिजेता हुँ, ज्ञानी विद्वान हौँ भनी ,
फुल्दै हिन्ने सफेदी कै, शेखी झार्ने भयौँ पनि ।

सरस्वती सदा साथ, कण्ठमा नै बसी रहुन् ।
छ आशीर्वाद हाम्रो नि, विद्यादान सदा गरुन् ।

ती श्वेत चर्मका भन्दा, अग्रणी खेल भूमिका ,
गौरवान्वित छौँ हामी, गार्गी नेपाल शीर्षमा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *