Skip to content


पहिलो माया ठुन्क्याएर पार्यो जसले फन्दा
उसकै माया धेरै लाग्ने अरूलाई भन्दा
नहुनीलाई कस्तो दिनमा किन भेट्टाइएछ
व्यर्थै माया लाइएछ टन्टो बेसाइएछ

जति फर्काऊँ यो मन यतै त्यतैतिर भाग्छ
मनै त हो गई सकेसि कस्को के पो लाग्छ
क्यै गरे नि पुछिएन दिलमा लेखिएको
जे भए नि प्यारो लाग्ने पैला भेटिएको

तिम्ले कालकुट पियाए नि खुनी मायालु
काँचुली त हैन माया त्यसै कहाँ फालूँ
रैछ रे पो भाग्य मेरो यस्तै लेखिएको
अल्झ्यो छाप मन संघारमा पैला टेकिएको

शब्द – तिर्थ तामाङ
स्वर- कर्ण दास
संगीत – सुन्दर थापा
एल्बम – पुरानो डुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *