(सम्पूर्ण सैनिक/ सुरक्षाकर्मीहरु लाई समर्पित)
तानो मानो सरकारी चानो आफ्नो बन्छ
दु:ख जिलो गरे पछि दानो आफ्नो बन्छ
अनुशासन वफादारी देखाउँ देशभक्ति
उन्नति र प्रगतिको पानो आफ्नो बन्छ
ज्यानको बाजी लाउनु पर्छ धोका दिनु हुन्न
बूट जोडले बजारेछि रानो आफ्नो बन्छ
देश जनताको सुरक्षा नै एक मूल मन्त्र
त्यस पछि सुरक्षित घर सानो आफ्नो बन्छ
छानी छानी गिंड्नु पर्छ गोली ठोक्नु पर्छ
आफु सबल भए शत्रु कानो आफ्नो बन्छ
(तानो – कपडा, मानो – खाना, चानो – निधार,भाग्य,
दानो – पारिवारिक भरण, पोषण, पानो – अभिलेख,
रानो – नेतृत्व, कानो – काम नलाग्ने, कमजोर)
