फूल झरेको बोटलाई सुधिलिने को छ र?
वियोगीको मनको व्याथा बुझिदिने को छ र?
प्राण फुस्के सरी आज आफन्तको हात फुस्क्यो
सुन्दर संसार सपनाको सपनामै टुटिगयो
चोटिएको हाँगा फेरि जोडिदिने को छ र?
घुम्टो खोली मुहार हेर्ने रहर त्यसै रहिरह्यो
विछोडको भूमरीमा जिन्दगी नै बल्झिगयो
उडी सकेकी चरीलाई फकाइदिने को छ र?
शब्द – भुवन क्षेत्री
स्वर, संगीत – कर्ण दास
एल्बम – पुरानो डुङ्गा

l iike your
l iike your geet……………nice