म कमजोर भएँ, समय शक्तिशाली भयो
हेर अभगी निधार यो साल पनि खाली भयो
मखमली रोप्छे, गोड्छे र फुलाउँछे मेरी बहिनी
फूलको ब्यापारीलाई मात्र हालीमुहाली भयो
आगौँ आगौँभन्दा भन्दै एघार साल बितेछन्
अहो यो त अतिभन्दा पनि अचकाली भयो
जब मुग्लान पसियो घर-आँगन बिरानो पारी
न ‘शुभ दशैं’ भयो न ‘ह्याप्पी दिवाली’ भयो
म एक प्रतिनिधि हुँ लाखौं प्रवासी नेपालीको
लाग्छ स्वदेशी चाडबाड जम्मै अपुताली भयो
