Skip to content


कति लड्छौ निस्वार्थमा स्वार्थताको भाव लूकाई
जनता तिम्रा पूजारी हुन तिनीहरुलाई
पनि मौलिक हक देउ बाँच्न सकुन् धक फुकाई
धर्ती आफ्नु भएन भने सृजनाका फूल
तिमी कहाँ लगी फुलाउछौ?
जन्मभूमि छैन भने तिम्रा आफ्ना पीर-व्याथा
कहाँ लगी थन्क्याउँछौ?
लक्ष्य तिम्रो कुर्सी होइन त्यहँा नअलमल
तिमी मात्र एक्लो छैनौ दिन्छौ हामी बल ??
देश फेर्ने तिम्रो अठोट नबिर्स है कहिले??
भोको पेट र नाङ्गो आँगले आशीष तिमीलाई जहिले ।
तिम्रो एक बलिदानले देश बन्छ भने।
भोका नाङ्गा जनाताको दु:ख हट्छ भने।
सधैं विश्वाश फुलाउ तिमी अमर बन्छौ भने ।
आजलाई मात्र खुशी नखोज-तिमी भोलि मरेर पनि,
ईतिहासमा युगौंयुग जिउँदै हुन चाहन्छौ भने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *