????????????कुभिण्डे मुख ????????????
बत्तिस दाँत को बिचमा रहेको एक्लो चिप्लो जिब्रो
सल्बलाएर बोलिरहेको संरचना ले वाक्क पारेको परिवेश
र्याल आएर बोल्दा त्यहि र्याल निल्दा त तिम्रो ग्यास्ट्राइटिस निमोठ्थ्यो होला।
तर सरि स्वार्थ का लागि चलेको जिब्रो एकदिन तिमिलाई नै निमोठ्छ
किनभने भिरको कुभिण्डो न उँधो न उभो!! ????
????????????????????????????????????????????????????
शेषनाग का हजार जिब्रा थिए नि भनेर नाठे तर्क गर्छौ तिमि
तर तिनीहरूले जिब्राको विशेषता तिमिलाई थाहा नै कहाँ छ र??
रावणका दश टाउका थिए, अनि दश वटै जिब्रा त होलान् नि भन्दै हिड्छौं तिमि
तर रावणको बुद्धिमत्ता तिमिलाई कहाँ थाहा छ र??
ब्रह्मा सृष्टि कर्ताको टाउको गन्नु नि भनेर प्रश्न गर्दै हुइकिन्छौ
तर ब्रह्मा को टाउकाको कथा भनेर पनि तिमि पत्यार मान्दैनौं।
न त आफुलाई थाहा छ नत भनेका कुरा सुन्छौ
के भनु??
किनभने भिरको कुभिण्डो न उँधो न उभो!! ????
????????????????????????????????????????????????????
विचार मा तरंग छ त्यसैमा शक्ति छ
भनेर मैले पढाएको जथाभावी अनर्गल कुतर्कको लागि होइन
नेपोलियन, हिटलर, न्युटन, आइन्सटाइन, बुद्ध, मार्क्स, लिङ्कन को कथा प्रेरणा दिन बताएको
न त उनिहरुलाई होच्याएको
नत तिमिलाई जिस्क्याएको
तिम्रो सुधार होस् भनेर, तिम्रो जिब्रो को होइन
संसारलाई सन्देश दिन हो, कलंकित हुन होइन
जे पायो तेहि बोल्न जिब्रो बनेको होइन
सारतत्व लेउ भनेको आफ्नो स्वार्थ पुरा गर्न होइन।
किनभने भिरको कुभिण्डो न उँधो न उभो!! ????
????????????????????????????????????????????????????
तर अब सावधान!!!
तिम्रो मतलबि जिब्रो धेरै ले चिन्न थालिसके
तिम्रो आफुलाई नहेरी अरु ठम्याइ गर्ने चेष्ठा
तिम्रो आफु चलाख बनेर अरुलाई मुर्ख बनाउने
दुर्योधन प्रवृत्ति अनि दुशाषनरुपि वक्र चाल
तिम्रो आफ्नो थापेको बल्छिमा तिम्रो सन्तान पर्छ।
तिमि यसमा चेतनाहीन छौ, भविष्य पनि हेर!!
आफुलाई मात्र शिकारी निसानेबाज नसोच
कालकोठरिबाट पनि कहिल्यै आत्मा फुस्किएर आउछ
तिमि पनि कुनै यसै माटोको मुला हौ
आज धुप बालेर पुजा गर्छौ तर भोलि त्यो धुप सकिन्छ।
आज मालिकको दास भएका छौ, चम्चा बनेर
चम्चामा दम निकालि वचनको घाउ लगाउछौ
घाउमा मलम नलगाए भोलि पाक्न सक्छ मनवा
साक्षात राम, घनश्याम ले त अहम् स्विकारेनन्
तिमि चम्चा भएर के रनभुल्ल परेका छौ??
आफ्नो लाइ पराया ठान्छौ तर मुर्गा बोतल खुवाउने ढेडु लाइ आफ्नो!!!
हाँसो उठ्छ तिम्रो त्यो शैलि प्रति
त्यसैले सोच !!!
किनभने भिरको कुभिण्डो न उधो नत उभो
????????????????????????????????????????????
