Skip to content

सबैलाई तर्साईरहेको खै कस्तो छ कोराना
मौन छ गल्ली यो दुनियाँ कस्तो बिडम्बना
न रस छ कतै रङ्ग खोज्दै आँखा लोलाउँछ
न कुद्न सक्छ मान्छे टक्क उभिई टोलाउँछ

घरभित्रै एकान्तबास, छु एक्लै पल्टिएर
लकडाउन बाहिर छ, कोरानाको कहर
भूलेंझैं, वसन्तमा ति, पाउलिएका पालुवा
अघि डुल्थ्यौं नि मिलेर वनै कुना कन्दरा

कोकिल गाउँछ बागमा वृक्ष डाली डुली
दुरी कायम राख्दा है भेट्न पाइन ठुली
उराठ वस्तीमा छ पिडा दर्द कोरानाको
उस्तै नै त होला प्रियतमा हैन छ कस्तो

साथमा छैनौ प्रियतमा बाडुल्की आउँछ
लकडाउन हटे झट्टै भेट्न मन यो लाउँछ
गाउँघरका ति सखासखी भेट्न पनि गाह्रो
ख्याल राखे प्रियसी तिम्ले पर्दा गाह्रो साह्रो

सुनसान एकान्तमा छु घरको कोठा भित्र
कहर छ भाइरसको सुन नहिडे यत्रत्तत्र
सुन्छु समाचार विदेशका पिडा बोध हुन्छ
महसुस गर्दै पिडा आज ढुङ्गा पनि रुन्छ

चिरबिर-चिरबिर चरी गाउँछ मधुर स्वर भरी
निरस ला’छ तिम्लाई राख्न मन आज बाहूभरी
ओहो ! कस्तो विडम्बना प्रेमलाप गर्न पाइन
लकडाउन छ बाहिर ठुली र पो भेट्न आइन

सरकारको दाना पानी सेवक जनताको
घर आउन छुट्टी मिल्न काँहा हुन्छ चाँडो
संक्रमण रोक्नु छ है बाल्दै दिप चेतनाको
कहर हटे प्रिय गाउँला हामी गित मिठो

पछ्याउँदै प्रकृतिलाई रति रागमा रमाउला
गैह्री खेत जाँदा च्याप्प, तिमीलाई समाउँला
प्रेममय बन्ने छ त्यो, मौसम अनि समय नि
मुहार छोप्ला सगर, हाम्रो सामू लाजैले नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *