सत्य !! सत्य !! सत्यको सत्य !!!!
सत्यलाई स्विकार्ने मान्नेमा यो हामीले थाहापाएको विश्वमा सुकरातभन्दा अरु कोही छैनन् । उनले मृत्युभन्दा सत्य स्विकारे । उनीपछि प्लेटो र अरस्तुले सत्यलाई शाश्वत हुन्छ भने । सत्य भनेको के हो ? सोध, खोज, अन्वेषण गर्ने काम पहिले धर्मको नियन्त्रणमा थियो । पछि गएर दर्शनले विचारले गर्न पाउने भयो । अन्तर्राष्ट्रिय शासन व्यवस्थाले स्वतन्त्रता प्राप्त गर्दै गएपछि जनताले पनि सुसूचित हुने अधिकार पाउँदै गयो । धर्म निरपेक्ष भएर खोज अनुसन्धान गर्न पाउने भयो । जे कुरा देखीएको छ त्यो भिडियो अर्थात चित्रपटभन्दा सत्य हुन्छ , जे कुरा प्रत्यक्ष सुनीएको हुन्छ , त्यो कसैद्वारा भनीएको भन्दा सत्य हुन्छ । जस्तो कि घडीको सेकेण्ड सुइ कहाँ छ ? भनी खोज गर्दा एकै छिनमा अर्कै ठाउँमा पुगिसकेको हुन्छ । यदि समय कति भयो भनी जाँच्दा, सेकेण्डभन्दा हजार गुणा सानो समयमा पनि फरक पर्न जान्छ । त्यसैले यो गतिशील संसार हो यसको भेउ पाउन मुस्किल छ । विज्ञानी भौतिक, अध्यात्मिक ईश्वरवाद दुबैका प्रयोगले सत्यको खोजक हुनु आवश्यक छ । अवश्य नै यसका लागि साहित्यले यो र्ससारिकभन्दा केही कदम अघि बढी गर्न सक्छ ।
नित्सेले यही सत्यबाट हेरेर कठोरता, निर्ममता, र स्वार्थको गुणलाई अमनवीय गुण भनेका छन् । हुन पनि योभन्दा सत्यतर्फ हामी जानै सक्दैनौँ । गयौँ भने सुकरातकै हालत हुन्छ । वास्तबमा हाम्रो सत्य जीवन दर्शन यही हो । कसैलाई नपछारी, कसैलाई हिँसा नगरी हामी अघि बढ्न सक्दैनौँ । हिँसा भनेको काटमार मात्र होइन, अरुलाई कुभलो गर्नु , कुभलो चिताउनुजस्ता नकारात्मक पक्ष सबै हिँसै हुन् । स्वास फेर्दा समेत हावाबाट अक्सिजन लिएर कार्वनडाइअक्साइड फाल्ने प्रक्रियामा निर्दोष भाइरसहरुको ज्यान गइरहेको हुन्छ । धार्मिक एवम् अध्यात्मिक विचार अनुसार पनि सत्यको नजिक पुग्ने प्रयासभन्दा ठुलो अरु धर्म छैन । धर्म असत्यलाई परास्त पार्न सत्यको पक्षलाई निर्माण एवम् स्थापना गर्न नै भएको हो । यस्तो अवस्थामा हामीले अधुरो सन्दर्भमा सत्यको खोज गर्नुपर्ने हुन्छ । त्यसैले त नित्सेले ज्ञानभन्दा अज्ञानलाई प्राथमिकता दिए । किनभने यदि हामीले सत्य जान्यौँ भने त्यहाँ पापै पाप देखिन्छ । अर्कोतर्फ अज्ञानले त्यहाँ सत्य देख्छ , धर्म देख्छ र उसको मन शान्ति हुन्छ । पढेर कोही बहुलाएका छैनन् । ज्ञानले उसको चेत खुलेको हो । तेस्रो आँखा, छैटौँ इन्द्रिय खुलेको हो । अवश्यनै सत्य गतिशील हुँदैन । सत्य कहिल्यै निर्मम हुन्न ।
कुनै पनि कुराको सत्य हेर्न खोज्यौँ भने त्यसको अर्थ सबजना बेग्लैबेग्लै लगाउँछन् । त्यसैले कुनै पनि वस्तुको बहुआयामिक रुपमा सत्य देखिन्छ भने त्यसलाई सत्य भन्न सकिन्न । जब बहुआयामिकबाट कुनै पनि वस्तुको परिभाषा एउटै हुन्छ भने त्यो नै सत्य हो । त्यसैको ताकत हुन्छ , त्यसैको ताकतले संसारचक्र अनन्त चलायमान छन् , त्यो नै केही पनि ननिल्ने व्ल्याक होल हो । नित्सेले त्यसैले त निशेषवादको सिद्धान्तको प्रतिपादन गरे । त्यसैले त शुन्यलाई सत्यको रुपमा हेर्न सकिन्छ ।
साहित्य अध्ययन , लेखनका लागि सत्य एकदमै आवश्यक छ । शुन्यका लागि सबै सबैका लागि शुन्य , सत्य व्रह्म हो, सत्य ईश्वर हो, सत्य विज्ञानको सर्वोच्च, सुरुवात अनि अन्तिम खोज हो, सत्य स्थिर हो, सत्य शुण्य हो, सत्य जहाँ पनि छ , सत्य आकाश हो , सत्य सबैभन्दा सानो हो, सत्य सबैभन्दा ठुलो हो, सत्य सार्वभौम छ , सत्य सबैमा समाहित, सत्यमा सबै समाहित, सत्य सबैको दर्पण, सत्यमा सबै समर्पण, सत्य सबैमा समर्पण, सत्य सबैको प्राण, सबैको प्राण सत्य त्यसैले सत्य प्रचुर शक्ति हो, यो जत्ति सत्यको सत्य अरु कुनै छैन , कसैको हानी नगर्ने । हो ! सत्य ! सत्य !! सत्यको सत्य !!!!
२०७६ चैत १६
२०२० मार्च २९
बिजु सुवेदी विजय
भकतजन मार्ग, कलेश्वर, काठमाण्डौँ
bijusubedi@gmail.com
