Skip to content


व्यस्त तिमी
अव्यवस्थित म
हतारिएको मेरो माया
कुरी बसें म
त्यो आकाशेपुलको मुन्तिर
तिमी आइनौ
तर पनि पर्खिबसे
घाम नगएसम्म ।

हातमा मोवाइल
म्यासेन्जर अन
तिम्रो नाम छेउको हरियो बत्ती
हेरिरहे मैले
एकटहकले निरन्तर
बलेन त्यो
तर पनि हेरिरहे
मोवाइल ननिभेसम्म ।

मोवाइलको रिङटोन
बाँसुरीको धुन
सेभ तिम्रो नाम नम्बर
आशमा बसे म
निराश लागुन्जेल
बजेन त्यो
तर पनि आशमै रहे
नबजुन्जेलसम्म ।

मोवाइलको रिङटोन
साथीको नाम
खबर तिम्रो मृत्युको
लुला बनेका अंगहरू
शून्य मेरा मतिष्क
बहिरा बने कान
तर पनि सुनिरहे
ऊ चुप नहुन्जेलसम्म ।

नदिको छेउ
लम्पसार तिम्रो जिउ
सुकेको दाउराको चिता
चिताको त्यो ज्वाला
दन्कियो तिम्रो शरिर
भिज्यो मेरा आँखा
तर पनि हेरिरहे
खरानी नउडुन्जेलसम्म ।

Sandip Kafle

Leave a Reply

Your email address will not be published. Required fields are marked *