सोझो मोरो मख्ख पर्छ मुसुमुसु हाँस्छ
सोझो मोरो छक्क पर्छ मुसुमुसु हाँस्छ।।१।।
बिषमता परिस्थितिको नबुझेर हो कि
सोझो मोरो टक्क अड्छ मुसुमुसु हाँस्छ।।२।।
नियम कानून बुझ्दैन कस्तो रैछ बुद्धु
सोझो मोरो मख्ख पर्छ मुसुमुसु हाँस्छ।।३।।
न बुझ्छ खै झेल त्यो जालो माकुराको
सोझो मोरो कक्क पर्छ मुसुमुसु हाँस्छ।।४।।
