आज भोलि भन्दा भन्दै जीवन गै गयो ।
सन्जोक ले कि केले हो फेरि भेट भयो ।
खोरुङ्वाको सिरैमा मेन्छायेम डाडा ।
जमानामै छुट्यो नि पिरती गाडा।
बगिजाने खोला रैछ हाम्रो चोलानी ।
टाढा भैयो भाग्यनै एस्तै होलानी ।
पोक्लबाङ को डाडैमा हावा सरर ।
अधुरै भो सोल्टी ज्यु बैसको रहर ।
चन्द्रमा झै राम्री देख्थे साम्याङ फुङ लाउदा ।
हेरिरहु लाग्थ्योनी मेखिम मा आउदा ।
खोरुङ्वाको सिरैमा मेन्छायेम डाडा ।
जमानामै छुट्यो नि पिरती गाडा।
दौरा सुरुवाल टोपी लगाई के:लाङ नाचेको ।
सारै राम्रो लाग्थ्योनी हजुर हासेको ।
पोक्लबाङ को डाडैमा हावा सरर ।
अधुरै भो सोल्टी ज्यु बैसको रहर ।
हात समाई नाच्थ्यौ धान पुर्णे रातैमा ।
छुट्ने बेला पुर्याउथे आधी बाटैमा ।
खोरुङ्वाको सिरैमा मेन्छायेम डाडा ।
जमानामै छुट्यो नि पिरती गाडा।
मदन मेला वरिपरि हात समाउदै ।
छुट्ने बेला हातैमा रुमाल थमाउदै ।
पोक्लबाङ को डाडैमा हावा सरर ।
अधुरै भो सोल्टी ज्यु बैसको रहर ।
बिर्सियौकी कुम्मायक मा कसम खाएको ।
तिर्सालिको मेलैमा माया लाएको ।
खोरुङ्वाको सिरैमा मेन्छायेम डाडा ।
जमानामै छुट्यो नि पिरती गाडा।
पोक्लबाङ को बजारैमा धानै नाचेको ।
याद आउँछ हजुर ले पालाम गाएको ।
पोक्लबाङ को डाडैमा हावा सरर ।
अधुरै भो सोल्टी ज्यु बैसको रहर ।
पूरा गित सुन्न यहाँ थिच्नुहोला ।
पोक्लबाङ को डाडैमा हावा सरर ।
अधुरै भो सोल्टी ज्यु बैसको रहर ।
