Skip to content

पत्थर त पत्थरै हो

MamataPanta


पत्थर त पत्थरै हो आखिर
पगालेर पग्लिन्छ कहाँ
टुट्छ फुट्छ बरु बन्छ धुलो धुलो
तर पत्थर हो त्यो, पग्लिन्छ कहाँ

कहीं पत्थरको माया त
कहीं मायालु पत्थरको
कहीं पत्थरको मुटु त
कहीं देवता पत्थरको
पुज्छन पत्थरको देव यहाँ
पत्थर पुजेर करुणा पाइन्छ कहाँ
पत्थर त पत्थरै हो आखिर
पगालेर पग्लिन्छ कहाँ

श्रद्दा सुमनका फूलहरू
जति चडाए पनि
हृदयभरिका सौगातहरू
मायाले जति अर्पे पनि
बलिन्द्र धारा आँसुका
जति बहाउ त्यहाँ
या त खुसीका गाना
हर्षोल्लासमा बजाऊ त्यहाँ
बदलिदैन केही
त्यो पत्थर पग्लिदैन कहीं
पत्थर त पथ्थारै हो आखिर
बन्दैन देवता जति जगाए पनि
टुट्छ फुट्छ बरु बन्छ चुर चुर
तर पत्थर त पथ्थारै हो
पग्लिदैन लोहा बनी
जति तताए पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *