जिन्दगीमा केही गर्न नसकेर हारें
अन्धकारमा किरणछर्न नसकेर हारें
जतिसुकै अपमान गरे पनि मलाई
त्यो दिलबाट बसाइँ सर्न नसकेर हारें
दुई ढुङ्गा बीचको तरुल झै भो जिन्दगी
न त बाँच्न न अनि मर्न नसकेर हारें
म चाहन्छु प्रगतिका खुट्टा अघि बढुन
टेकेभन्दा तल झर्न नसकेर हारें
जिन्दगीमा केही गर्न नसकेर हारें
अन्धकारमा किरन छर्न नसकेर हारें
बल्दिप चौहान, ताप्लेजुङ
हाल काठमाडौ
