Skip to content

जिन्दगीमा केही गर्न नसकेर


जिन्दगीमा केही गर्न नसकेर हारें
अन्धकारमा किरणछर्न नसकेर हारें

जतिसुकै अपमान गरे पनि मलाई
त्यो दिलबाट बसाइँ सर्न नसकेर हारें

दुई ढुङ्गा बीचको तरुल झै भो जिन्दगी
न त बाँच्न न अनि मर्न नसकेर हारें

म चाहन्छु प्रगतिका खुट्टा अघि बढुन
टेकेभन्दा तल झर्न नसकेर हारें

जिन्दगीमा केही गर्न नसकेर हारें
अन्धकारमा किरन छर्न नसकेर हारें

बल्दिप चौहान, ताप्लेजुङ
हाल काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *