स्कुल खुल्छ, हाँस्दै जान्छौं, साथी सबै भेट्छौँ
कुरा हुन्छ, गीत गाउँछौँ, मिली खेल खेल्छौँ
हँसाई हँसाई सिकाउनलाई आउनुहुन्छ मिस्
बाह्र काग, आठ कोईली, हामी भन्छौं वीस।
किन किन सम्झी स्कुल, रुन मन लाग्छ
तिता मीठा विगतहरू आँखाभरि नाच्छ
निद छैन, भए फेरि, सपनीमै स्कुल
साथी मिस सर सबै बिर्सनलाई मुस्किल।
तर सोच्छु, घरै बसे कोभीडलाई जितौंला
अनि पछि दिनरात गरी, सिक्ने सबै सिकौंला
घरपनि जीवन सिक्ने स्कुल बन्न सक्छन
बाआमा सिकाउने जिउँदा किताब भन्छन।
यसरी नै सिक्छु अब, समयलाई चिन्छु
बाआमाको जीवन पढी ठुलो शिक्षा लिन्छु
राम्रो सोच्छु, राम्रो गर्छु, काम, गाह्रो भन्दिन
रात पछि दिन आउँछ, दुःखी बन्दिन।
– सन्धिखर्क -१, अर्घाखाँची

मीठो