Skip to content

मान्छे


अरुको पीडाले हतपत आफू रुदैन मान्छे
आफैसँग, किन आफू, खुशी हुँदैन मान्छे ?

आफ्नो सानो दुखमा नि अचेत हुने गर्छ
अरुको ठुलै चोट पनि, किन बुझ्दैन मान्छे ?

बाँच्न जान्छु भनी त्यसै फुर्ति मात्र गर्ने
सयौ लात खाँदा पनि, किन उठ्दैन मान्छे ?

सबैको लागि हो भनी लाख बिन्ती गरौं
आफूलाई नपरेसम्म, कहिल्यै जुट्दैन मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *