अरुको पीडाले हतपत आफू रुदैन मान्छे
आफैसँग, किन आफू, खुशी हुँदैन मान्छे ?
आफ्नो सानो दुखमा नि अचेत हुने गर्छ
अरुको ठुलै चोट पनि, किन बुझ्दैन मान्छे ?
बाँच्न जान्छु भनी त्यसै फुर्ति मात्र गर्ने
सयौ लात खाँदा पनि, किन उठ्दैन मान्छे ?
सबैको लागि हो भनी लाख बिन्ती गरौं
आफूलाई नपरेसम्म, कहिल्यै जुट्दैन मान्छे
