उसले आफूले आफैलाई सर्वश्रेष्ठ प्राणीको कोटामा राख्यो
अरु सबै प्राणीहरुलाई तुच्छ र निर्जीव ठान्यो ।
आफूलाई सर्वश्रेष्ठ बनाउने होडमा जीवजन्तुलाई माध्यम मान्यो
प्रकृतिमाथि अधिपत्य जमाई प्रदुषणको कारणलाई सफलता ठान्यो ।
मानिसले गरेका कर्तुतहरुको परिणामस्वरुप यस्तो भयाबह रोग आयो
बन्द कोठामा जीवन मृत्युको दोषाधमा छटपटाउन बाध्य भयो ।
निर्जीव ठानिएकाहरुको स्वतन्त्रता मनाउने दिन आयो
सर्वश्रेष्ठ मानिएकाहरुलाई सजाय भोग्ने परिस्थिति उत्पन्न भयो ।
क्षणिक अहमताको आडमा आधुनिकताको ढोङ्ग रचाउनेहरू
आफू जन्मेको जन्मभूमि र पृष्ठभूमि बिर्सर्नेहरू ।
असक्षमताको परिचय दिई सम्भावनाको पराकाष्टलाई लत्याउनेहरू
माहामारीमा आफ्नै गाउँ आफ्नै ठाउँ भनी अस्तित्व बचाउन कुद्नेहरू ।
अनेकन प्रविधि, उपकरण, रोग र औषधी पत्ता लगाउने ठेक्का लियो
आफ्नै जीवनको खुसी, धनसम्पत्ति र पैसामा तौलिदियो ।
बिपद्को घडीमा ती सबै घाँडो भयो
आफ्नै प्रिय कहलिएकाहरुसंगपनि आफै भाग्न बाध्य भयो ।
ईष्या, लोभ र स्वार्थीपन मानिसले स्वभावमानै जन्माइदियो
मर्न त सबैले पर्छ, नै भन्ने सास्वत सत्यलाई भुलाइदियो ।
त्यसैको प्रतिफलमा यस्तो कहालीलाग्दो क्षण आयो
यस्तो परिस्थितिले सर्वश्रेष्ठ ठानिएकाहरुलाई समेत बिक्षिप्त बनाइदियो ।

कविा भन्नु भन्दा पनि निबन्ध
कविता भन्नु भन्दा पनि निबन्ध भनेको भए असल हुने रहेछ ।