Skip to content

जितको खोजिमा छ मानिस खोज्दै सारा बचाउन
विकल्प खोजिमा छ मानिस खुलोस् है लकडाउन
सहेरै बसे निर्माताहरू बेकाम भोकै भई घर घरमा
ठप्प हुँदा व्यापार उद्योग छ शून्यता साह्रो सहरमा

राज्यकै आशा गर्छन् निर्माता कामको खोजीमा छन्
खल्ती रित्तो रित्तो भयो जनता स्रोतको खोजीमा छन्
सहज छैन जनमा बन्दाबन्दीको बिकल्प खोजौं अब
पीडा छ नागरिकमा कसरी भोक सहेर बस्दछन् सब

राहत माग्न छाडे भन्दैछन् कर्मशील वातावरण देऊ
भन्दैछन् तिर्छु कर राजश्व उद्यमशिलता बढाइ देऊ
कर्मवीरका पाखुरी खियाउने कर्मशाला बनाइ देऊ
दायित्व राज्यको अभिभावकत्व संरक्षकत्वको लेऊ

नागरिक अधिकार कुण्ठित नगरि देऊ है सुशासन
विवेक पुर्‍याउ उच्च व्यवस्थापन जनता आशामा छन्
भरिन्छ कसरी राज्यको ढुकुटी नचले नबढे अर्थतन्त्र
निर्माता खोज्छन् निर्माण गर्न थलो दिने लेउ मूलमन्त्र

कुशल व्यवस्थापन होस् महामारी असर कमै गरेर
जनका कुण्ठा कम गरौँ आशाका नौला किरण छरेर
असहाय जनका पिडामा मल्हम कर्मले लगाउनु छ
सबै मिलेर कोभिडसँग जुध्दै विजय हासिल गर्नु छ

रचना २०७७ जेठ २१ गते
रचनाकारः राजन प्रसाद घिमिरे ‘जेष्ठ रोहित’
हालः गौर, रौतहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *