Skip to content

लहडको बालपन त्यहीँ बित्यो माटोसँगै रमाई
प्रकृतिसँगै खेल्दै लुकामारी किशोरवय बिताई
सप्त सिन्धु कयौं योजन पारी कर्मले डोर्‍यायो
गन्ध मिठो थ्यो आफ्नै भूमिको भाग्यले छुटायो

सुखमा भुले नि सबै त्यागे पनि झनझनै पर पर
प्रवासमा जिउनेलाई सोध है देश माटाको प्यार
दुख्दछ कति कति पीडा हुन्छ झनै प्रवासीलाई
थाकेको बेला खोज्दा काहाँ पाउँछ प्रियसीलाई

कसरी याद नआउला है प्यार आफ्नी आमाको ?
कसरी याद नआउला आफ्नो यो जन्मभूमिको ?
गन्ध त्यो सुगन्ध माटाको नै को बिर्सन सक्छ र ?
दुःखमा कस्ले दिन्छ प्रवासमा माया आमा सरह

२०७७/०३/३ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *