लहडको बालपन त्यहीँ बित्यो माटोसँगै रमाई
प्रकृतिसँगै खेल्दै लुकामारी किशोरवय बिताई
सप्त सिन्धु कयौं योजन पारी कर्मले डोर्यायो
गन्ध मिठो थ्यो आफ्नै भूमिको भाग्यले छुटायो
सुखमा भुले नि सबै त्यागे पनि झनझनै पर पर
प्रवासमा जिउनेलाई सोध है देश माटाको प्यार
दुख्दछ कति कति पीडा हुन्छ झनै प्रवासीलाई
थाकेको बेला खोज्दा काहाँ पाउँछ प्रियसीलाई
कसरी याद नआउला है प्यार आफ्नी आमाको ?
कसरी याद नआउला आफ्नो यो जन्मभूमिको ?
गन्ध त्यो सुगन्ध माटाको नै को बिर्सन सक्छ र ?
दुःखमा कस्ले दिन्छ प्रवासमा माया आमा सरह
२०७७/०३/३ गते
