Skip to content

प्रभो ! तिमी छौ सबका सहारा


प्रभो ! तिमी छौ सबका सहारा
तिमीबिना छैन कतै किनारा

अतालिएको छु निकास खोजी
सहाय मेरो बन हे ! पियारा

बहे सधैँ भेल बनेर आँसु
निसासिए आज विचारधारा

खुसी भयो मेघ अकास छेक्दै
भए अँधेरा प्रिय चाँद तारा

बिमाख पार्‍यो सपना हुरीले
रहेछ क्यारे विधिको इशारा

विदीर्ण भो देह दुखेर धेरै
बिदा भए हर्ष,उमङ्ग सारा

उतार डुङ्गा भवसिन्धु तारी
अफाल सम्पूर्ण कडा तगारा

निखार स्वामी ! सब वेदना यी
नटार मेरो दिलको पुकारा

छन्द :- उपेन्द्रवज्रा
सूत्र:- ISI SSI ISI SS
(५ अक्षरमा विश्राम )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

1 thought on “प्रभो ! तिमी छौ सबका सहारा”

  1. गजब काेमल सर ।
    अरु पनि यस्तै

    गजब काेमल सर ।
    अरु पनि यस्तै पढ्न पाइरहुँ ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *