जगतभर रहेको जैविक र अजैविक तत्व नै हो प्रकृति
छन् सारा प्राणी, रुख, वृक्ष अनि वनस्पति
उपलब्ध छन् यहाँ अपार जलस्रोत, वनजङ्गल, हिमशृङ्खला आदि
तसर्थ यस जगतको सौन्दर्य हो प्रकृति ।।
जीवन् र जगतको प्रारम्भकर्ता हो प्रकृति
हुन मानिस प्रकृतिकै उपज
मानिसका स्वभाव पनि प्रकृतिकै देन
तसर्थ अस्तित्व बचाउन हामी गरौ यसको खपत् ।।
हामी समयमानै जन्मन्छौ र समयमानै मर्छौ
यही नै हो प्रकृतिको नियम
प्रकृतिको विनाश गरी अकालमा मर्नुभन्दा
उचित होला संरक्षण गरी राख्न यसैलाई कायम ।।
समुचित सोच र सिर्जनात्मक कार्यको विकास गर्न
उन्नति र प्रगति तर्फ अघि बढ्न
प्राकृतिक प्रतिकुलता प्रति लडौं
हो महत्त्वकांक्षि प्रकृतिको संरक्षण गरौं ।।
प्रकृतिनै हो सारा प्राणीको भगवान
प्रकृतिको पूजा गरौ
स्वस्छ र सन्तुलित पर्यावरणको निर्माण गरौ
सुन्दर र सुखमय जीवनको कल्पना गरौ ।।
नाम – प्रज्वल प्रसाईं
कक्षा – ११
ठेगाना – रतुवामाई -५, मोरङ्ग
