Skip to content


गहिरो मन,
आशाको फूलवारी
कोपिला फुल्यो ।

गोधुली याम
सपनाको बस्तीमा
आँखा लोलायो ।

मन फुलेको
गाउँ बस्तीहरूमा
मनै हरायो ।

हरियो दूवो
तिम्रा सजल आँखा
मीठो सपना ।

नेपाली-भाग्य
नयाँ नेपाल, साथी
कस्तो छ रूप ?

जाडोको याम
माथि लेकको बस्ती
गीत बजेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *