जस्को कतै घरै छैन, धमिरा कहाँ बस्छ र ?
प्रेमी जस्को छँदै छैन, वियोग कहाँ हुन्छ र ?
ज्यान ज्ञान झिनो नै छ, कसरी बज्छ बाँसुरी ?
जस्को त ब्याग नै छैन, सुको नै पस्छ के गरी ?
ध्यानमा मग्न नैआत्मा, अशान्त हुन्छ के गरी ?
गन्दगी नै जहाँ छैन, झिँगा बस्छ त के गरी ?
कायोत्सर्ग गरौँ नित्य, पर्दैन नीद आउन ।
भोक तीर्खा कुनै हुन्न, गरेर वायु सेवन ।
कुमार्गमा चलेका जो, नेत्रहीन भनी बुझौ ।
सुमार्गमा चलेका जो, विश्व द्रष्टा भनी बुझै ।
कान कच्चा भए केभो, शांकेतिक छँदै छ त।
हुन्छ लेखी पढी ठूलो, उही विद्वान बन्छ त ।
वादविवाद होइन, कलह त भनीकन।
वादे वादे तत्व बोध, भनेर पनि जान न ।
कोशिका सबको जीऊ, असंख्य हुन्छ जान है ।
जबसम्म रहन्छन् ती, मृत्यु नै हुन्न मान है ।
अरुको नाश होस्भन्दा, नाश आफ्नैज हुन्छ है ।
रीषले भुट्भुटीनेको, स्वास्थ क्षीण त हुन्छ है ।
उपर्युक्त कुरा मैले, भनेको होइन बन्धु ।
योग शास्त्र सवै हेर, यस्तै कुरा म देख्दछु ।
ज्ञान विज्ञान सम्पूर्ण, योगशास्त्र त भन्दछन् ।
व्यासका हुन्न मित्थ्या यी, यी कुरा सब भन्दछन् !
