Skip to content

का लेङ्लि हाइदोङ अर्थ मान्थु (कविता)


का लेङ्लि हाइदोङ अर्थ मान्थु ना खार्तेङ हानेलाउ
काङ्को जिवनसो दुरे झन् दुरे हानिकाताङ हानेलाउ
नादोसाङ काङ्को जिवनको कदम उन्धितेङ हानेलाउ
का हेता दोकाआ रो,लेङ्लि जब ना मेओतेङ हानेलाउ

दिलको ब्यथा बल्झिखें घरीघरि ना छुटिनासो
सन्चो मान्थु जिवन्ता बोमि जेन्तेङ लेङ फुटिनासो
बदलेलि माद्वोघाँ नांको लेङ्मुचुका स्यहारि परिनासो
काङ्को जिन्दगि खान्तेङ नाङ्कोङ प्यारि परिनासो

हिदोइबुङ बेला धोखे मन नाङ्को फोटो तिङ्लाउ
म्होतेङ मितिं लेङ्मुचुखाँ इङ्को बेला निङ्लाउ
मितिंको सागरता डुबिघाँ ना दुरे आधा जेङ्नासो
या मन्ता नाआङ ना हिना झन् गाढा जेङ्नासो

का हेसा लेङ्लि ह्रदयको पेच्रा तुम्ताता सरिहि
ना बिनाको हाइदोङ पालि माद्वोघाँ आत मरिहि
हाइप्लि लोखेना स्याहारि जेन्तेङ तुउका बल्झिपा
ना लिता हि जिन्दगि न बाहार हाउसे अल्झिपा

——-

(नेपालीमा)
म हाँस्नुको कुनै अर्थ छैन तिमी रुदै गएपछि
मेरो जीवन देखी टाढा झन् टाढा हुँदै गएपछि
तिमीसँगै मेरो जीवनको यात्रा ढल्दै गएपछि
म कहाँ सक्छु र, हाँस्न जब तिमी जल्दै गएपछि

दिलको व्यथा बल्झन्छ घरीघरी तिमी छुटेपछि
सञ्चो छैनन् जीवनमा पराई भै हाँसो फुटेपछि
बदलिन सकिनँ तिम्रो मुस्कानको छाया परेपछि
यो मेरो जिन्दगीभन्दा पनि तिम्रै माया परेपछि

कुनै बेला कुडिन्छ मन तिम्रो तस्वीर देखेपछि
आँसु लुकाएर मुस्कराउँछु त्यतिबेला भेटेपछि
आँसुको सागरमा डुबे छु तिमी गाढा भएदेखि
यो मनमा तिमी नै तिमी छौ झन् टाढा भएदेखि

हाँसु म कसोरी ह्रदयको चोट मुटुमा गडेपछि
तिमी बिना म केही गर्न नसक्ने भए लडेपछि
किन आउछौ छाया बनेर दुख्छ बल्झिएपछि
न भित्र छ जिन्दगी न बहार हाँसो अल्झिएपछि

-डम्बर धिमाल राजदोङ्ये
नपा. उर्लाबारी ८ मोरङ दुर्गापुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *