Skip to content

राजनीति

सज्जन् देखी दुर्जन् सबै गर्छन यहाँ राजनीति
सदियौ देखी चली आएको कस्तो यो कुटनीति
रंकलार्ई राजा बनाउने राजालाई बनाउँछ रंक
शक्ति कत्रो गर्न सक्छ ऋषिको तपस्या भङ्ग

कुर्सीको लागि तछाड् मछाड् गर्छन् हाम्रा नेता
कोखामा पनि दाँत छ जस्को देखाउने दाँतचै सेता
ढुकुटी सबै रित्तिसक्यो बढ्दो छ दुखको कथा
बुद्ध सिता भृकुटिको देश यो बुझ्दैनौ किन व्यथा

सत्तामा आफ्नै मान्छे मात्र सबै छन् नाता गोता
कागजी नीतिनियम बनाउछौ ध्यान छैन तिम्रो त्यता
भाषण सुनाउछौ यस्तो तिमीले लाग्दछ कुनै कथा
भोका नाङ्गा कति गरिब छन् फर्केर हेर त यता

इतिहासका पाना पल्टाइ हेर कति छन् राम्रा नेता
जन हरुलाई सुख शान्ति दिइ बोक्दथे आफै व्यथा
होस गर तिमी याद गर तिमी सहन गर व्यथा
जनाताले फेरि दोहोर्याउनु पर्ला क्रान्ती र बिरका कथा

सङ्घर्ष गर विकास गर नभनी दिन र रात
नहोस दुख जनहरुलाई खानलाई एक छाक भात
कसम खाऊ सुधृन्छु भनी छातीमा राखी हात
हरपल तिमीलाई साथ दिनेछौ जनता सबै छन् साथ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *