उफ्फ़ …………..
सुस्केरा ले धकेलेको पवन को प्रबेगलाई
न दाज्न सक्छु म…………….
उठेका प्रत्येक मानवीयताका पाईलाहरुमा
विश्व हाक्ने अधुरा सपना हरु बोकी
अनेकन सिद्धान्त र त्यस्का का अनुयायी हरु
वर्षा ऋतु को झम झम झरी मा
गाऊ गाऊ शहर शहर चारैतिर फैलिएको भयानक डढेलो संगै
भ्यागुता हरुको महाप्रलयको उदघोश जस्तै
नतमस्तक लोलाएका यी मेरा दिवा स्वप्नहरु
…………………………
हरेक दिन औसी को कालरात झैँ कम्पायमान
उर्लिदो खहरे को उचाई सरि
हरपल त्रसित यो मानसपटल मा
मानव जगत को भिषण आगलागी
न छ त्यहाँ कुनै दमकल
न छ कुनै संयन्त्र …………
भ्रमराले चुम्ने पुस्पगुच्चा हैन आज
बिसादी ले लपेटियेका झरझर सीतारा हरु छन् यहाँ
निशब्द कठोरतामा पौडिएर
निसास्सिएर डुबुल्की मार्दै छन्
लुम्बिनी को चित्रलाई रातो रंग ले माधुर्यता दिन खोज्ने हरुलाई
सीता र भिकुटी को उदाहरण ले कति मुर्ख बनाउ म !!!!
तप तप झर्ने ज्वलामुखिका लप्का हरु जस्तै
अनेकौ सिद्धान्त हरु बोकी
रण संग्राम मा जन्मी हुर्किएकाहरुले
टुक्र्याए यो शान्ति को स्फटिक लाई
पुछाईए ती राता सिन्दुरहरु अनि
जुधाए भाइ भाइको भाइचारालाइ
अब यो स्फटिक न जोडीन्छ
न जोडी नै दिनेछ्न
सन्नाटाको अखण्ड राज्य म़ा
अप्सराका मनमोहक नृत्य जस्तै !!!!!!!!!!!!
अनि मेरो अंतिम बिकल्प
तपोभुमी बाट तपोबल माग्ने
हे भगवान सद्बुद्दी देउ
चार धामको नाम जप्दै तेत्तीस कोटि देवता सम्झिदा
देउरालीका देवी देउता भाके
फूलपाती चढा उला भनेर
तर अब त त्यहि देउराली पनि देउराली रहेन
भारि बोक्ने भरिया को थकाई मेट्ने सुस्केरा भएन
सुन्तली र रामे को लुकामारी खेल्ने ठाउँ भएन
बेसहाराको मन बिसाउने चौतारी भएन
किनकि
त्यो हुस्सुले पुरै ढाकिएको छ
पारि पट्टि को पहिरो ले काटेर
फेदमा आधा गिडीसकिएको छ
कल्प वृक्ष अहिले अल्प वृक्ष भएको छः
जुन जति बेलै ढल्न सक्छ
सावधान …………………………………
सावधान !!!!!!!!! देउराली प्रेमी हरु
देउराली का मर्म बुझ्ने हरु
आउ अब मुठ्ठी कसौ
उठाएर यी हात हरु ……………
किनकि
त्यो देउराली …………….
त्यो प्राण प्रिय देउराली
आज सम्म त तिम्रै छ
