Skip to content

माया मैले बोलाउन हुन्छ कि हुँदैन

  • by


माया मैले बोलाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन
चन्द्रमा हेरी सम्झन हुन्छ कि हुँदैन
कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन

बादलपारि संसार छ रे मैले त भेटिन
खुलेको यौवन ओइलिन झर्ने ठाउँ नै देखिन
संसार यहीं बसाए हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन

एउटा सानो फूलको थुंगा हातमा लिइलिउँला
तिमीलाई मानी त्यो फूलको थुँगा तिमीलाई दिइदिउँला
केही बिन्ती सुनाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन

शब्द – शान्ति शाह
स्वर – बच्चु कैलास

Leave a Reply

Your email address will not be published. Required fields are marked *