Skip to content

तारा मात्र हैन तिमीलाई

  • by


तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

तिमीलाई मेरो झिलिमिली आकास नै उढाउँला
त्यो पाउमा रंगीचंगी बसन्त चढाउँला
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला
तिमीले सास फेर्ने ठाउँमा सुवासले भरिदिउँला

तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउँला
ती नसामा जोवनको मधुधारा बगाउँला
सुकुमारी तिम्रा ओठमा ती ओठमा संगालुँला
तिमीलाई मेरै न्यानो न्यानो अँगालोमा म अँगालुँला

शब्द – किरण खरेल
स्वर – प्रेमध्वज प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *