सक्षम छिन् उनी बाँच्न, पीडामा पारी जिन्दगी
संघर्ष गर्न छोड्दैनन्, दु:खमा हारी जिन्दगी
जन्मे हुर्केको गाउँठाउँ, माइती घर सम्झी
चाल्छिन् पाइला, अरुको नाममा सारी जिन्दगी
असल व्यक्ति, दुनियाँको खुशी चाहाने उनी
तयार छिन् बाँच्न, दोस्रो दर्जामा झारी जिन्दगी
बानी परिसक्यो, सहन हेला र तिरस्कार
हाँसेर जिउछिन् उनी, जिउँदै मारी जिन्दगी
बिहान उदाउने, साझमा डुब्ने घाम हेर्दै
कुण्ठित भावसँगै, बाँच्नु पर्ने नारी जिन्दगी
समिना कुलुङ राई
