मन परेको मान्छे भेटिन्छ पाउन पो त गाह्रो
बोलचाल पनि हुन्छ माया लाउन पो त गाह्रो
बोलिरहूँ जस्तो लाग्छ भेटिरहूँ जस्तो लाग्छ
आँट गरी उसको नजिक आउन पो त गाह्रो
घरको दूरी समीपै मनको दूरी टाढा भएपछि
उसकै छाँया बनी सदा पछ्याउन पो त गाह्रो
गीत, गजल, कविता पनि रचिन्छ उसकै लागि
बुझिने गरी धुन लगाएर गाउन पो त गाह्रो
एकान्तको हर मौसम समर्पित छ उसैलाई
सुनौलो बिहानीहरू बनेर छाउन पो त गाह्रो
समिना कुलुङ राई
