Skip to content

तिमीले चाहेको परिवर्तन


भएकोलाई बिगारेर ,
बनेकोलाई भात्कायर ,
लगाएकोलाई नग्याउने ,
सुन्य् बाट सुरु गर्ने अरे…
त्यो कस्तो परिवर्तन?
सङ्गिनहरु तेर्साएर ,

बिचार मार्न खोज्ने,
चिल्ला मिठा कुराले

जनता झुक्याउने,
परिवर्तनका नाउमा ,
केही राता झन्डा हल्लायर ,
इन्कलाबका नारा लगाइ ,
कलम माथि को आक्रमण ,
अधिकारका नाउमा
समाजमा बिखण्ड्नको बिउ रोपेर ,
शान्ति खोज्न,
भाई भाई लडाउने ,
तिमीले चाहेको कस्तो परिवर्तन?
सामराज्य र बिस्तारबादका नाममा
जनता उरालेर ,
उनैको झुठो मागी हिडने,
तिमी ले चाहेको कस्तो परिवर्तन?
परिवर्तन उत्तर को जस्तो अरे…

तर ,
सधैं दक्षिण सँग डरायर
उसको सामु सुटुक्क घुडा टेक्ने,
ताल परे गाली गर्ने,
मुखमा राम राम बगालीमा छुरा,
तिमीले चाहेको यस्तो परिवर्तन?
नेपाली जनतले अब बुझिसके ,
परिवर्तनको नाममा अब्,
क्रान्ति- प्रतीक्रान्तिको बिउ नरोपे हुन्छ,
निर्दोस् जनता मारेर

शाहीदको बिल्ला नभिराय हुन्छ ।
जिन्दाबाद र मुर्दाबादका नारा

अब वाक्क लागि सक्यो,
भो अब पुग्यो ,
चाँहीदैन यस्तो परिवर्तन ।
बन्द गरे हुन्छ अब,
सिद्दान्तका नाउमा जनता मार्ने क्रम्,
बुझिसके बन्दुकको नालबाट

तिमी ले खोजेको परिवर्तन,

नझुक्याउ फेरी पनि
परिवर्तन- प्रचन्ड परिवर्तनका नाउमा ……………………..

……………………………………. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *