
हुनेलाई के थाहा छ तिम्रो भाव सस्तो हुँदो रैछ
तिम्रो यौटै काखमा संसार पाए जस्तो हुँदो रैछ
एक घुटको दूध सम्झेर पाठीलाई टुलुटुलु हेरी
म बुझ्न खोज्छु आमाको माया कस्तो हुँदो रैछ !
रहरहरू मनभरि छन् को पो सुन्छ मलाई
काखमा राखी अँगालोमा कसले थुन्छ मलाई
हतभागी हुँ म आमा सानैमा टोकेँ अरे
थाहै छैन तिम्रो माया कस्तो हुन्छ मलाई
कुन रुख जलेको के चिन्नु गोल हेरेर
खुदो निस्कँदैन मात्र त्यो कोल हेरेर
बाहिर पात नभए नि भित्र अब्बल छ
मूल्य नतोक्नू बाहिरको खोल हेरेर ।