कति सजिलै बहाना खोज्छ मान्छे!
अन्ततः आफ्नै चाहाना खोज्छ मान्छे!
स्वार्थमा यति लिप्त भएको छ,
खै कस्तो निशाना खोज्छ मान्छे?
पचाउन पाए निसंकोच पचाउछ उ,
सिद्धांत होइन खजाना खोज्छ मान्छे!
दिनुपरे ज्यानै दिन्छु भन्छ साथी,
आखिर ज्यानकै ठेगाना खोज्छ मान्छे!
अचम्मको छ मान्छेको स्वभाव यहाँ,
सुन्दर गानापछी बेगाना खोज्छ मान्छे!
