Skip to content

सुरेन्द्र अमरको भजन सार्वजनिक


रीस, छलकपट, जालझेल बाहिर जति भए पनि आखिरमा भगवानको भक्ती नगर्ने मान्छे यो संसारमा हुन्न रहेछ । दु:ख पर्दा, आपत बिपतमा मात्रै नभै कार्य सिद्धीमा अनि सधैंभरि मान्छेहरूले हर्ष, उल्लास, जन्म मृत्यु होस् या कुनै पनि बेलामा भगवानको भक्ती गर्ने गर्दा मनमा शान्ति मिल्ने हुन्छ ।

भगवानको भक्ति गर्नु भनेकै पुन्य प्राप्ति पनि हो । यसैले कारणलेगर्दा नै मन्दिरहरूमा भजन बज्ने गर्छ । कतै सप्ताहको रूपमा कथा सुनाइन्छ अनि कथाको साथ साथै कथाको बीच बीचमा भजनको मजा र मान्छेहरू भजनमा लिप्त भएत भगवान भक्तिमा लिन हुने गर्छन् ।

भजनकै कुरा गर्नुपर्दा आज भजन गायनमा कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन”अमर” को रचनामा “ईश्वरकै छ साथ” भजनको भिडियो सार्वजनिक भएको छ ।

स्वयम गीतकार सुरेन्द्र महर्जनकै स्वरमा संगीतकार राम कार्कीको संगीतमा भिडियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा कलाकारहरू सुरेन्द्र महर्जन, सुपा खनाल, विष्णु गैरे, प्रमोद राई, सुलभ सूर्य कमल राई, रामकृष्ण खड्गी, सुरेश असीम, सुलभ लगायतको अभिनय यस भजनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *