फेवातालको किनारमा बसि
एकोहोरो टोलाइ रहेको
मृत आत्माले चीर निद्रामा
बोलाइ रहेको
झुस्स दारी पालेर
दृष्टि माथी कालो चस्मा हालेर
इच्छा मरेको लास झै
थिच्चिदै
घिच्चिदै
आकाश खन्न निस्किन्छ
सरकार !

सत्ताले अत्ताको
के बोल्ने, के सुन्ने
के गर्ने ?
अस्तिपन्जर खुस्केको
अलमलिएर झ्वाट्ट देखा परेझै
देखा पर्छ
सरकार !

खै कैले देखि हराको
मरेको न बाचेको
छ छ जस्तो
कस्तो कस्तो
अनुहार हराएको
सरकार !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *