एउटै गल्ती जोडेर, अनेक अर्थ नलाऊ प्रिय
फूल छोडी काँडा गोडेर, अनेक अर्थ नलाऊ प्रिय
खाको कसम लाको प्रेम जीवनभरको हुन्छ
आधा बाटोमै छोडेर, अनेक अर्थ नलाऊ प्रिय
कहाँ पूरा गर्ने सक्थेर अबोध ती तिम्रा इच्छा
यात्रा आफै मोडेर, अनेक अर्थ नलाऊ प्रिय
हेक्का रहोस् पैसाभन्दा प्रेममाथि हुन्छ
आफै नाता तोडेर, अनेक अर्थ नलाऊ प्रिय
एउटै गल्ती जोडेर अनेक अर्थ नलाऊ प्रिय
फुल छोडी काडा गोडेर, अनेक अर्थ नलाऊ प्रिय
बल्दिप चौहान, ताप्लेजुङ
हाल : काठमाडौ
