तिमी समय हौ म बाहिर
टुकटुक हेरिरहेछु
मेरो शून्यता
तिमीलाई केरिरहेछ
कतै तिमी हराएछौ कि
म आफैं हराइरहेछु !
भरिएर सम्झनामा
म द्रबित हुँदैछु
बिह्वल हुँदैछु
तिम्रा आकांक्षाभित्र
मेरा भावहरू
इच्छाहरू
चाहनाहरू
विलय भैरहेछ
र म शून्यताबोध गरिरहेछु
गरिरहेछु गरि नै रहेछु ।