डोटीको निरौलीमा वि.सं. १९९३ मा जन्मेर काठमाडौँमा स्थायी बसोबास गर्ने दुर्गाप्रसाद डी.पी. भण्डारीका नामले नेपाली निबन्ध क्षेत्रमा परिचित छन् । त्रिभुवन श्विविद्यालयमा लामो समयसम्म अङ्ग्रेजी साहित्यको प्राध्यापन गरेपछि अहिले उनी अवकाशप्राप्त जीवन व्यतीत गर्दैछन् । लेखनकार्यमा सक्रिय उनको मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०) र रोटी र फूल (२०६३) तीन निबन्धसङग्रहले समकालीन विषयहरूको बौद्धिक विश्लेषण गरेको छ ।
भण्डारीलाई निबन्ध लेख्न विषयको खोजी गरिरहनु पर्दैन । उनी निबन्धका माध्यमबाट लामो समयसम्मको अध्ययन-अध्यापन तथा जीवनजगत्को अनुभव एवं अनुभूतिलाई बौद्धिकतापूर्वक पस्किन्छन् । उनका निबन्धहरूमा एकातिर मानवजीवनका शाश्वत पक्षहरू प्रेम र यौनका विषयमा अत्यधिक चर्चा भएको देखिन्छ भने अर्कोतिर समकालीन राजनीति, समाज र व्यक्तिभित्रका अनेकन विकृतिहरूलाई प्रस्तुत गरिएको पाइन्छ । समकालीन राजनीतिमा देखिएका पाखण्डपूर्ण चरित्र र कार्यशैलीप्रति तीब्र असन्तुष्टि, व्यक्तिभित्रका विवेकहीनता र संवेदनहीनताप्रति आक्रोस एवं समाजमा व्याप्त कुरीतिहरूप्रति चोटिलो प्रहार उनका निबन्धका सीमाभित्र पर्छन् । निबन्धमा उनी कतै प्रखर चिन्तक, कतै दार्शनिक र कतै विश्लेषक जस्तो देखिन्छन् । पूर्वीय र पश्चिमेली साहित्य, दर्शन र वाङ्मयको गहन अध्ययनको प्रतिविम्ब उनका निबन्धमा पाइन्छन् । गौतमबुद्ध, शङ्राचार्य, महावीर, रामकृष्ण परमहंस, विवेकानन्द, कृष्णमूर्ति, मीराबाई, गान्धी तथा पश्चिमेली सभ्यताका प्लेटो, सुकरात, दाँते, डेमोक्रिट्स, क्लिायोप्याट्रालगायतका विचार प्रसड्ढहरूले हामीलाई ती विषयतिर आकषिर्त गर्छन् । उनी एकातिर विशिष्ट सर्जकहरू हेमिङ्वे, भर्जिनिया उल्फ, सिल्विया प्लाथ, युकुयो मिसिमाका विचारहरूको चर्चा गर्छन भने अर्कातिर मेरीलिन फ्रेन्च, ग्लोरियास्टाइन, क्यारोलिन हेलब्रन, जुलिया न्यूवर्गरजस्ता नारीवादीहरूका विचारप्रति असहमति प्रकट गरिहेका हुन्छन् । निबन्धमा एकसाथ हिटलरदेखि फूलनदेवीसम्मका, कालिदासदेखि लता मङ्गेसकरसम्मका र देवकोटादेखि पूर्व राजा वीरेन्द्रसम्मका स्मृतिलाई प्रस्तुत गरेर निबन्धकार भण्डारी पाठकलाई विविधताको मनोरम लोकको भ्रमण गराउँछन् ।
मृगस्थली र नीरो बाँसुरी बजाइरहेछ निबन्धसङ्ग्रहका निबन्धहरू समसामयिक विषयहरूमा केन्दि्रत छन् तर तिनिीहरू त्यत्तिमै सीमित छैनन् । उनी निबन्धमार्फत् व्यक्तिभित्रका पाखण्ड र जडताको, अन्धविश्वास र विवेकहीनताको अनि अहङ्कार र असंवेदनशीलताको कटु आलोचना गर्दै मानवीय संवेदन, कोमलता र प्रेमको पक्षमा आˆना धाराणालाई अघि सार्छन् । उनका सबैजसो निबन्धमा जीवन र दर्शनसम्बन्धी तीता-मीठा सन्दर्भहरू पाइन्छन् । आकारका दृष्टिले छोटा निबन्धहरूमा पूर्वेली र पश्चिमेली चिन्तनधारा र दर्शनको समन्वयात्मक प्रस्तुति रहेका छन् । उनको निबन्धका महत्वपूर्ण विशेषता विचारको स्पष्ट प्रवाह नै हो । उनी भन्नुपर्ने कुराहरू नलुकाई भनिदिन्छन् र त्यो गर्दा उनका कुनै लघुताभास र अहं देखिदैनन । नारीप्रतिका आकर्षण उनले नलुकाई पुस्तकभरि जताततै छरिदिएका छन् र धेरै निबन्ध विभिन्न महिलालाई सम्बोधन गरेर लेखिएका छन् । मीनाक्षी, उर्मिला, हिमशिला, सीता, मदालसा, सुलेखा नामहरू यथार्थ हुन् या काल्पनिक, तर ती सम्बोधन गरेर लेखिएका पत्र निबन्धहरूमा व्यक्त विचार सर्वभौम र शाश्वत छन्, त्यसैले सबैका लागि पठनीय र उपयोगी पनि । उनका निबन्धहरूमा सूक्तिमय भाषाको प्रयोग प्रशस्त पाइन्छन् । उनका निबन्धहरू ‘प्राय’ लेखकका आˆनै जीवनका विविध घटना, अनुभव, नयाँ-पुराना समाचार, विविध प्रस· वरिपरि घुमेका छन् । आत्मपरक शैलीमा लेखिएको हुँदा पाठकको भावनात्मक तादात्म्य त्यसमा सहजै स्थापित हुन्छ ।… पूर्वीय र पाश्चात्य पुराण-कथा, साहित्य, भौतिक-आध्यात्मिक दर्शन, संस्कृति, इतिहासका विभिन्न उदाहरण, उद्धरणलगायत समसामयिक सजीव पात्र र प्रतीकहरूको उपस्थितिले रचनाहरूलाई र आकर्षक बनाएका छन् ।
उनको तेस्रो निबन्धसङ्ग्रह रोटी र फूलमा भएका चौवन्न निबन्ध पूर्वर्ती, कृतिकै परम्परामा छन् । यसमा रहेका केही निबन्ध ज्वालाम्बु, अम्बु, अम्बालिका, बिपासा, मोविलिका, श्रावणी , निहृवाङ, कर्मशीला, अकिञ्चन, विपासना आदि नारी नामलाई सम्बोधन गरेर लेखिएका छन् । यसमा पनि विभिन्न राजनीतिज्ञ, साहित्यकार, कलाकार, दार्शनिक आदिका जीवनप्रस·, व्यवहार, चरित्र र भनाइलाई लिएर उनले आˆना चिन्तनलाई प्रस्तुत गरेको पाइन्छ । अखबारका लागि लेखिएकाले यी निबन्धहरू आकारले साना भए पनि व्यक्त विचार, चिन्तन र विश्लेषणका कारण लोभलाग्दा भएका छन् । सङ्ग्रहका रोटी र फूल, प्रेम, कविता, गड्याङगुडुङ, कविता जोड्छ, राजनीति तोड्छ, कहिलेकाही मूढतामा पनि आत्मसन्तुष्टि पाइन्छ, गालिब, निराला र देवकोटालगायतका निबन्ध रोचक छन । कतिपय निबन्धका शीर्षक नै नेपाली गीत, हिन्दी गीत र उर्दू गजलका पङ्क्तिहरूबाट राखिएका छन् । यस्ता निबन्धहरूमा कुछ हँसी, कुछ ख्वाब और कुछ आँसु, वरिपरि अँध्यारो छ आँखा खोली हेर्दा, अँध्यारो छ आँखा खोली हेर्दा, अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा, जिन्दगी एक आँसुओंका जाम था पी गए कुछ और कुछ छलका गये, जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ न दिलको राहपर लायें न दिनका मुद्दा चल उड्जा रे पन्छी आदिलाई लिन सकिन्छ । नजाँनिदो पाराले कडा व्यङ्ग्य गर्न पनि उनी चुकेका छैनन् । भानुजयन्ती, गजल र गुरुपूणिर्मा शीर्षक निबन्धमा उनले लेखेका छन् घुस्याहाहरू भुस्याहा कुकुरभन्दा धेरै निम्नस्तरका जन्तुहरू हुन् । धेरै बढी खतरनाक पनि । यस्तै रोटी र फूल शीर्षकको अर्को निबन्धमा उनले अत्यन्त सरल शब्दमा कति महत्वपूर्ण कुरा भनेका छन्ः प्रिय ! म दोहोर्याउन चाहन्छु-‘कन्फ्युसियसले भनेको थियो-यदि तिमीसित दुई पैसा छ भने एकले रोटी किन्नु, अर्कोले फूल किन्नू । रोटीले जीवन पाउनेछौ र जीवन बाँच्ने कला फूलले सिकाउने छ । ‘
तर मान्छे यति पतित भइसक्यो कि ऊ कन्फ्युसियसको दीक्षाको एकदमै उल्टो दिशामा गइरहेछ । अब ऊ दुवै पैसाले बन्दुक किनिरहने छ । त्यही बन्दुकले कसैको रोटी खोस्छ, कसैको फूल खोस्छ । यसरी समसायिक यथार्थ र सत्यलाई विभिन्न विद्वान्, साहित्यकार, दार्शनिक आदिका भनाइसँग जोड्दै आˆना विचार र चिन्तनलाई पाठकसमक्ष राख्न उनी सफल देखिन्छन् । एउटा बेग्लै प्रकारको मिठास उनका निबन्धहरूमा पाइन्छ । उनको निबन्धको विशेषताबारे विशिष्ट विद्वान् बालकृष्ण पोखरेलले यसो भनेका छन् उनको शिल्पीको एक प्रकार हो अति साधारण विषयवस्तुलाई सिमलको भुवाझैँ हलुङ शैलीमा पेश गर्दै पाठकको हृदयमा अमीट छाप बसाल्नु । अब आयो पालो निकै गम्भीर विषयलाई सन्तुलित ढ·ले पेस गर्दै त्यसलाई हृदयमा सहज रूपले स्थापित गर्नु । उनका अधिकांश विषय यस्तै गम्भीर तर सहजीकृत देखा पर्दछन् ।
