सक्छौ भने लौ, सुधार्न आउँ
सक्दैनौं भने, नबिगारी देऊ
म लड्छु है, देशकै लागि
नलडाउ मलाई, जालझेल गरी
म तिम्रै दाजु, म तिम्रै भाइ
म हसाउँछु है, नेपाल आमालाई
नरुवाउँ तिमी, नदेऊ कष्ट है
तिमी पनि त, सन्तान उनकै
सक्छौ भने, पुछ आँसु उनको
सक्दैनौं भने, नलुछ मासु उनको
म पुसछु हइ, आँसु आमाको
नतान हात, गरी विश्वासघात
उर्लिनुछ है, यहाँ अन्याय माथि
अत्यचार हइ, सहने त कति
शहीद हौला, बरु म त भाइ
हट्दिन पछि, बढ्छु सधैं अघि
सक्छौ भने, साथ मलाई देऊ
सक्दैनौं भने, हात नतानी देऊ
वीर पुरुष भई, उठछु अब म त
नेपाली हुँ है, हार्न जान्दिन त ।
