Skip to content


एक दिन म कथा भन्नेछु
तिमी बच्चले झैँ सुन्नेछौ
मैले भनेको हैन
मेरो कथा कसैले साभार गरेको ।

बच्चालाई जस्तो कथा सुन्दा आनन्द आउँनेछ
तिमीले पनि उत्तिकै चाख दिएर सुन्ने छौ
कथाको कुनै एक पात्रको चरित्रले
तिमीले आफ्नो आँखाबाट आँशु झरेको
कथाको समाप्ति पछिमात्र थाहा पाउनेछौ ।

कथा आफ्नै जीवनको जस्तो लाग्नेछ
भूतकालले फेरि तिम्रो मन ढकढकाउनेछ
बिर्सिसकेको सत्यताले तिमीलाई
आँसुमा ढुबाएर जानेछ
कथाको हर घुम्तिहरुले ठक्कर दिनेछ ।

कुनै एक दिन म कथा भन्नेछु
तिमी पुन: एक पटक स्तभ्ध हुनेछौ
भक्कानिदै रुने छौ
कथा रुँदैरुँदै पटक पटक सुन्नेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *