Skip to content

तालमा नाच्दै जाने हो


साथी हो !
मादलको तालमा
नाच्दैजाने हो

मादल कुन सुरतालमा बज्छ
मादलको सुरताल चिनेर
ढीलो ढीलो छिट्छिटो
नाच्दै जाने हो ।

मादलको तालमा
हातहरू नचाउदै
चरैतिर फैलाउदै
खुट्टा पनि मादलकै तालमा
संगसगै चाल्दै
नाच्दै जाने हो

नाच, ताल सूरलाई चिनेर
ठुलो ठाउँ लिएर
दर्शकलाई आकर्षित गर्दै
अगाडि बढ्दै मुसुक्क हाँस्दै
उही तालमा नाच्दै जानेहो ।

नाच, एक कला हो
सुरतालको भरमा
कहिले हँसाउदै
कहिले रूवाउँदै
दर्शकको मन जितेर
साथी हो !
मादलको तालमा नाच्दै जाने हो

देवेन्द्र बस्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *