Skip to content


तिम्रो मेरो सम्बन्ध, ताजा वनोस कुरै त हो
सपनामाथि तिम्रो म, राजा वनोस कुरै त हो

हल्ला हल्लामा हल्लियोस, संसार यो हाम्रो नामले
हाम्रो प्रेम दुनियांको, वाजा वनोस कुरै त हो

प्यासीको प्यास मेटियोस, भोकीको भोजन होस्
सुन्दा यो कहानी सब्लाई, खाजा वनोस कुरै त हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *