धेरै धेरै भेटे मैले दिन्छु भन्ने साथ
माया गर्छु जीवनभरि हुन्न भन्छिन घात्
धनको त कुरै छोडौ म आँफैलाई पाल्छु भन्छिन्
जेठीलाई फकाउन अनेक गोटी चाल्छु भन्छिन्
झुपडीमा होइन काले महलमै बसौं ल रे
मेरै निम्ति हो भने त खरानी नि धसौं ल रे
कपाल छोटो होइन अब लामो लामो पाल्नु रे
खाली कान होइन अब सुनको मुन्द्रा हाल्नु रे
गर्नु हुन्न यस्तो भन्दा चिच्याई चिच्याई रोइदिन्छन्
ल ल हुन्छ नरोउ भन्द च्वाप्प च्वाप्प म्वाईं दिन्छिन
घरमा भने आउनू छिट्टै भनी छोरी कराउनी
म भुल्यो कि यतै भनि आमा चाहिं नि डराउनी
फर्किन्छु अब आफ्नै देश रमाउन
फिरिन्न कतार चार सय रियल कमाउन ।
राजेश रुम्ब लामा ।Doha,Qatar.
Email::REasonlama_rumba@yahoo.com

daami cha yar poem ta. keep
daami cha yar poem ta. keep it up bro.
thnks ramro6 ni la……..
thnks ramro6 ni la……..