मन मरेको मान्छे
अर्ध मुर्छित म मान्छे
जिउनु मर्नु को दोसाँध
म बाँचिरहेको मान्छे
चिसिएर हिउँ भएको म
बाफिएर शित भएको म
हर बिन्दुमा चिप्लिएर्
हर बिन्दुमा अडकिएर अचम्भित म
मान्छे छु शरीरले
प्रताडित राज नीतिले खस्किएको मान्छे म
हर नुतन परिवर्तनमा झान झान चिप्लेको बेबस्था म
झुन्द्याइएको टाउको जस्तो झुण्डिरहेछु म
रस भोगका नेतृत्व मोटाइरहेछन् यन्हाँ
बोलुँ भाषा काटेका छन्
बढौं अघि खाल्डा तेर्स्याएका छन्
बिभक्त्त पारेर देश समाज
टुक्र्याइएको छु म
क्षतबिक्षत आकृतिहारउ
कालो राजनीतिले पारेको छ
उठी बढन सढै निकास नै थुनेको छ
बोल्न उठेका स्वरहरू थुत्न खोज्छ सत्ता
रोएर आमा आज कतै कुनामा बसेकी छन्
खाएर तृण बाराबरको भत्ता