Skip to content
BhagwanGhimire


तिम्रै नाम जप्दै बेला टरेपछि भेट भयौ
अरुसँगै घरजम आज गरेपछि भेट भयौ

देखावटी मायाको बयान गर्न जानिन म
सँगै यात्रा गर्ने सपना मरेपछि भेट भयौ

तिमीबिना शून्य लाग्ने पहाडको बस्ती छोडी
नयाँ संसार खोज्दै शहर झरेपछि भेट भयौ

वैंश गयो सँगसँगै जवानीको रङ्ग उड्यो
जिन्दगीका शयौं खोला तरेपछि भेट भयौ

अधुरो त्यो जिन्दगीको रित्तो मेरो घडा
कोही आइ दिल दिई भरेपछि भेट भयौ

राम बन्ने कोशिस गर्थेंसित तिमीलाई ठान्दै
किन फेरि रावण आई हरेपछि भेट भयौ

तिम्रै नाम जप्दै बेला टरेपछि भेट भयौ
अरुसँगै घरजम आज गरेपछि भेट भयौ

-भगवान घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *